केही वर्षयता नेपाली बालसाहित्य लेखन-प्रकाशन क्षेत्रमा उत्साहजनक विकास भएको छ । यस क्षेत्रमा नयाँ नयाँ लेखकहरूको प्रवेश भइरहेको छ । बाल पा कहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ । विद्यालयहरूमा विद्यार्थीलाई बालसाहित्य पनि पढ्न प्रेरित गर्नु पर्छ भन्ने धारणा विकसित हुँदै गएको छ । बालसाहित्यको पुराना प्रकाशकका साथै नयाँ प्रकाशनहरू आइरहेका । नेपाली बालसाहित्यको विकासमा यी सकारात्मक परिवर्तन र सङ्केहरू निश्चय नै उत्साहजनक मान्नु पर्छ । यति भएर पनि नेपाली बालसाहित्य लेखन, प्रकाशन र बजार पर््रवर्द्धनका क्षेत्रमा अझै धेरै समस्या र चुनौती रहेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन । तिनै केही समस्या र चुनौतिका बारेमा सामान्य सङ्केत यो लघुपत्रको उद्देश्य हो ।
बालसाहित्यमा विषयगत विविधता
बालसाहित्यले बालबालिकाहरूलाई मनोरञ्जन दिनुका साथै तिनका मनमा उ ्ने जिज्ञासाहरूको समाधान गरेर उनीहरूको मानसिक विकासमा सही दिशा प्रदान गर्नु पर्छ भन्ने मान्यता पाइन्छ । बाल साहित्य अध्येता लिलियन स्मिथको धारणामा केटाकेटीका लागि लेखिएका सबै सामग्री वा पुस्तकलाई बालसाहित्य मान्न सकिँदैन । हामी कहाँ पनि ूलाका कुरालाई सरल भाषामा लेखिदिनु नै बालसाहित्य हो भन्ने धारणा अझै पाइन्छ । तर यथार्थमा बालबालिकाको संसार अलग हुन्छ; ूलाको अपेक्षमा सानाको समस्याहरु बढी सरल हुनुका साथै उनीहरू अपेक्षकृत रुपमा निश्छल र संवेदनशील हुन्छन् ।
पोल हेजार्ड बालकका लागि त्यस्तो पुस्तक राम्रो मान्छन्, जसबाट उनीहरुले बाहिरी मात्र होइन भित्री ज्ञानसमेत पाउँछन् । यस्तो अन्तरज्ञानले उनीहरुको मानसिक अवस्थालाई सही ढंगमा निर्देशित गर्दछ । उनी भन्छन्- बालसाहित्यका पुस्तकले बालकलाई एउटा त्यस्तो सौर्न्दर्य देओस्, जसलाई उनीहरु सरलतापर्ूवक ग्रहण गर्नसकून् । उनीहरुमा त्यस्तो भावको सञ्चार गरोस् जुन उसको जीवनामा चिरस्थायी बन्न सको्स् । बालबालिकाको मनमा प्राणाीमात्रका लागि आस्था जागृत गर्ने सकोस् र साहस र कर्मप्रति आदरभाव बढाइदेओस् ।
हाम्रा बालसाहित्य यस दृटिमा कति खरो उत्रन सक्लान् - यो प्रश्नका लागि गंभीर अध्ययन आवश्यक पर्ला, तर सामान्य अनुमान लगाउन भने क िन नहोला । आज पनि हाम्र बहुसङ्ख्यक बालसाहित्यका विषयबस्तु कि त पुरानै सामन्ती कथाको चमकदमकबाट भ्रमित देखिन्छन्, कि नयाँ खाले उपभोक्तावादी संस्कार संस्कतिको प्रसार तर्फलक्ष्यित देखिन्छन् । पछिल्ला कालखण्डमा लेखिएका केही नेपाली बालसाहित्यमा लेखकीय मौलिक सोच, चिन्तन, र युगानुकूल यथार्थबोध पनि पाइन्छ, तर ती अत्यन्त कम छन् । सूचनात्मक बालसाहित्य अर्थात् तथ्यमा आधारित जानकारी वा सूचनामूलक बालसाहित्य तर्फहाम्रो पर्याप्त ध्यान पुग्न सकेको छैन । विषयको बेझिलता, शुष्कता, र तथ्यको प्रभावलाई हलुको पार्न त्यसलाई कथात्मक परिवेश दिएर तयार गरिएका ज्ञानविज्ञान वा सूचनाका विविध पक्ष आजको आवश्यकता हो भने तिनको निर्माण आजका बालसाहित्यकारको चुनौती हो । आज आमसञ्चार माध्यमहरुले जुन गतिमा सूचना-ज्ञानको प्रसार गरिरहेका छन् बालबालिकामा पनि त्यही गतिमा जिज्ञासाको बृद्धि भइरहेको छ । त्यो जिज्ञासा शान्त पार्न पनि समय र बालबालिकाको मानसिक विकास अनुरुपका बालपा ्य सामग्रीको लेखन-प्रकाशन आवश्यक देखिएको छ । टेलिभिजन र सञ्चारका अन्य माध्यम तथा विदेशी बालसाहित्य र पा ्सामग्रीको आकर्षाबाट मुक्त गरी नेपाली बाल पा कलाई आफूतिर आकषिर्त गर्नका लागि पनि अबको नेपाली बालसाहित्यले विषयबस्तु र प्रस्तुतीगत विविधता तर्फउपुयुक्त ध्यान दिनै पर्छ ।
समूहगत रूचि र लक्ष्यित समूह
बालकहरू बाहृयजगत् तर्फउन्मुख हुन्छन् । उनीहरु जुन बस्तु देख्छन्, व्यवहारमा प्रयोग गर्छन् । त्यसको रहस्य जान्न जान्न उत्सुक हुन्छन् । उनीहरू आफू, आफू वरिपरिका र अर्काको जीवनको अनुभवजन्य आर्श्चर्यहरु जान्ने प्रयत्न गर्दछन् । आफूले सधैँ देख्ने गरेका बस्तुहरुको बारेमा पर्ूण्ा जानकारी चाहन्छन् । त्यसैले उनीहरूको यास्तो चाहना पूरा गर्दै ज्ञान, विज्ञान र सूचनाका विशाल फाँटलाई समेत नेपाली बाल सात्यिले समेट्नु आजको आवश्यकता र चुनौती हो । यी विषयको जानकारीले बालबालिकाको अनुभव र जीवनलाई समृद्ध बनाउन सघाउँछ् । यसैले निरन्तर विस्तारित बालसाहित्यको क्षेेत्रलाई लेखनमा भित्र्याउने तर्फहामीले अब ढिलाइ गर्नु हुन्न ।
प्रौढहरुको जस्तै बालकहरुको प न चाहना पनि उमेर र आवश्यकतासँगै परिवर्तन हँुदैजान्छ । साथै बालसाहित्यको गरिमा बालकहरुलाई चुनौती स्वीकार्ने आत्मबल दिनुमा छ, बालकहरुलाई चुनौती दिनुमा छ र बालकहरुलाई चुनौती स्वीकार्नुको आनन्द दिनुमा छ भन्ने डा.पद्मप्रसाद देवकोटाको भनाइ -बालसाहित्य २०५१ः७,पृष् २२) लाई पनि बालसाहित्य लेखनकै चुनौतीका रूपमा स्वीकार्नु पर्छ । यसका लागि उनीहरूको उमेर र आवश्यकतासँग मेलखाने रूचि र विषयक्षेत्रलाई बालसाहित्य लेखनका क्रममा ध्यान दिनु जरुरी छ ।
बालबालिकाको परिभाषाले सामान्यतया १६ वर्षउमेरकासम्मका बालबालिकालाई समेट्ने गरेको पाइन्छ । बालसाहित्य लेखन र बालमनोविज्ञानका दृष्टिमा हर्ेर्ने हो भने ३ देखि ६वर्ष ७ देखि ९ वर्ष१० देखि १२ वर्षर १३ देखि १५ वर्षवा त्यसदेखि माथिको उमेरसमूहका बालबालिकाको अनुभव क्षमता, ग्रहणशीलता र बोधक्षमतामा भिन्नता रहन्छ । यस अनुसार समूहगत भाषिक क्षमता, विषयबस्तुगत रुचिभिन्नता, ग्रहणशीलता, बोध क्षमता आदिलाई ध्यानमा रखेर विभिन्न समूहको रूचि र आवश्यकता पूरा गर्ने बालसाहित्य लेखन प्रकाशन हाम्रो सर्न्दर्भम अर्को चुनौती मान्नु पर्छ । कुन उमेरका बालबालिका कस्तो विषयका पा ्यसामग्री पढ्न रूचाउँछन् - कुन उमेर समूहका बालबालिकामा आधारभूत शब्दभण्डार के कति हुन्छ - उनीहरू थप कति शव्द सिक्न सक्छन् - यी प्रश्न कुनै पनि बालसाहित्य लेखक र शिक्षा क्षेत्रका लागि जान्नै पर्ने आधारभूत प्रश्न हुन् । तर यस सम्बन्धमा हामी कहाँ कुनै वैज्ञानिक अध्ययन भएको पाइन्न । यो अवस्थामा उमेर अनुसारका लक्ष्यित समूहलाई सुहाउने खालका उपयुक्त बालसाहित्य लेख्ने काम लेखककालागि कम चुनौतीपर्ूण्ा र समस्यामूलक छैन । यो क्षेत्रमा आवश्यक काम नहुञ्जेल विदेशी विदेशी बालबालिका माथि भएका अध्ययनलाई नै आधार बनाउनु हाम्रो वाध्यता भएको छ । नेपाली परिवेश, सर्न्दर्भ र अवस्थाको भिन्नताका कारण ती अध्ययनहरु हाम्रो सर्न्दर्भमा पर्ूण्ातः लागू हुन नसके पनि आधारभूत बाल मनोविज्ञनामा रहने मूलभूत समानतालाई मार्गदर्शन मान्नु पर्ने अवस्थामा हामी रहेका छौं ।
प्रकाशन-वितरणका चुनौती
नेपाली बालसाहित्य प्रकाशनको क्षेत्रमा निकै विकास भएता पनि गुणत्मक प्रकाशन र अधिराज्यव्यापी प्रभावकारी वितरण तथा उपयुक्त बजार पर््रवर्द्धन जस्ता कुरा अझै समस्यामूलक देखिन्छन् । यो नेपाली बालसाहित्यका प्रकाशक र वितरकहरूले संयुक्त रूपमा सामना गर्नु पर्ने साझा चुनौती हो । यसका लागि सरकारी निकाय, स्वशासित संस्था, सहकारी र साहित्यिक संस्था, निजी क्षेत्रका प्रकाशक, व्रि्रेताहरूको सामुहिक सहकार्य अपेक्षित पर्छ ।
आज साक्षरतामा निकै बृद्धि भएको छ । बालबालिकाको जनसङ्ख्या, पढ्ने बानी र विद्यालय संख्या प्रत्येक वर्षबढिरहेको छ । त्यसै अनुसार बालसाहित्य र विविध बाल-पा ्य सामग्रीको आवश्यकता र माग पनि निकै बढेको छ । तर त्यही अनुसार संबद्ध संस्थाहरूको सहभागितामूलक सोच र तदनुरूपको संयन्त्र निर्माणको अभावले छ । यसले गर्दा बाल पा कको माग र चाहना अनुरूप उत्पादन, प्रकाशन र विकास अधिराज्यव्यापी वितरणको सञ्जाल निर्माण हुन सकेको छैन । प्रचार-प्रसार र पर््रवर्द्धनको प्रयास त शुन्यप्राय नै छ । ूला संस्थागत प्रकाशनहरूले समेत सञ्चार माध्यमको उपयुक्त उपयोग गर्न सकेका छैनन् । यसरी सूचना र उपयुक्त वितरण संयन्त्रको अभाव, प्रकाशकहरुको आर्थिक तथा अन्य क्षमताको कमी आदि कारणले गर्दा लक्ष्यित समूहसम्म सूचना र उत्पादन दुबै पुग्न सकेको देखिँदैन । न्यून संख्यामा हुने मुद्रण, बालसाहित्य र अन्य पा ्य सामग्रीहरुमा विविधताको अभाव, मुद्रण, लेखन, चित्राङ्कनका साथै उत्पादनका समग्र पक्षमा रहेका कमजोरी यस क्षेत्रका थप चुनौती हुन् । यिनै कुराको अभावले गर्दा विदेशी प्रकाशनका विविध बालसाहित्य र पा ्यसामग्रीले नेपाली बजार कब्जा गरिरहेका छन् ।
हालसालै मात्र हृयारी पोटर श्रृङखलाको हृयारी पोटर एण्ड हाफ ब्लड प्रिन्सको प्रकाशनसँगै त्यसका प्रकाशक-वितरकले देखाएको पर््रवर्द्धन रणनीतिका कारण त्यसले विश्वव्यापी रूपमा सञ्चारको ध्यान आकषित गर्यो । १४०० देखि १५००।-को वीचका मूल्यमा नेपाली बजारमा बेचिएको महङ्गो पुस्तक किन्न नेपाली पा कले समेत निकै रूचि देखाए । सञ्चार माध्यममा आएको जानकारी अनुसार मेलको युनाइटेड बुक स्टोरबाट मात्रै यो पुस्तक दर्ुइ दिनभित्र १५० वटा बिक्यो । यही अनुपातमा का माण्डौंका अरू पुस्तक पसलले पनि यसको ब्रि्री गरे । यस्तै खालको ब्रि्री रणनीतिलाई पच्छ्याएका यस अघि र पछिका समेत केही नेपाली पुस्तकको पनि ब्रि्री र लोकप्रियता तीभन्दा धेरै स्तरीय र नेपाली साहित्यका प्रथिनिधि कृति मान्न सकिने अरू प्रकाशनहरूभन्दा धेरै बिकेको र चर्चित भएका थप उदाहरण पनि देखिए । त्यसैले अबको रणनीतिका रूपमा प्रचार-प्रसार र आक्रामक पर््रवर्द्धन शैलीलाई हाम्रा प्रकाशकहरूले पनि अनुसरण गर्नु पर्ने आवश्यकता अनुभव भएको छ । नेपाली पा कको क्रयशक्तिका हिसाबले अति नै महँगो लाग्ने हृयारी पोटरको माग र ब्रि्री वितरण रणनीतिको सफलता र नेपाली बालपा कको प न भोक दुबैलाई यसको उदाहरण मान्नु सकिन्छ ।
प न अभ्यासको विकास
बालसाहित्यको विकास र पर््रवर्द्धनको क्षेत्रमा देखिने अर्को समस्या र चुनौती प न अभ्यासको विकास हो । एकातिर आफ्ना नाति नातिनालाई लोकसाहित्यका माध्यमबाट सानैदेखि बाल साहित्य सुनाएर त्यसप्रति अभिरूचि जागृत गराउने पुरानो पुस्ताको अवसान हुँदैछ, अर्कातिर बाल प न अभ्यास बढाउन आवश्यक पर्ने बाल पुस्ताकालय र वाचनालयहरूको सञ्जाल निर्माण गर्ने तर्फकुनै काम हुन सकेको छैन । किनेरै पढ्न सक्ने र चाहने बालपा क तथा तिनका अभिभावकसम्म पनि बालसाहित्यका पुस्तकहरू पुर्याउन सक्ने योजनाबद्ध तथा संग ित वितरण प्रणालीको अझै अभाव छ ।
सरकारी योजनाहरूमा आजसम्म औपचारिक बाल शिक्षा बाहेक बालसाहित्यका माध्यमबाट प्राप्त हुने अनौपचारिक शिक्षालाई महत्व दिइने गरेको छैन । विकासको अर्थ जनशक्तिको मानसिक, सामाजिक, शारीरिक आदि चौतर्फी विकास हो भन्ने स्वीकार गर्ने हो भने बाटोघाटो, पुल पुलेसा र अन्य विकास निर्माणसँगै पुस्तकालय, वाचनालय उपयुक्त पा ्यसामग्री जस्ता कुरा पनि सरकारी योजनाहरूमा समावेश हुनु पर्छ । यो कुराको बोध गराउनुका साथै प्रौढ तथा साक्षरता कक्षाहरुको प्रसार र पुस्तकालय र वाचनालयहरू धेरैभन्दा धेरै स्थापना गर्ने तर्फराष्ट्रिय आन्दोलन चलाउनु बालसाहित्यको क्षेत्रमा लाग्नेहरूको अर्को चुनौती हो । सरकारका स्थानीइ निकायहरूले विकास निर्माणका अन्य परियोजनाअर्न्तर्गत पुस्तकालय तथा वाचनालयको स्थापनालाई पनि समावेश गर्दै गए भने हरेक गाउँमा कमसेकम एउटा एउटा पुस्तकालयको निर्माण र सञ्चालन क िन देखिँदैन । त्यसरी नै प्रत्येक विद्यालयमा पुस्तकालय हुनै पर्ने शिक्षा नीतिको अवधारण अनुरूप सरकारले विद्ययालयका लागि दिने बजेट, आर्थिक अनुदान र सहयोगअर्न्तर्गत पुस्तकालयकै स्थापना र विकासमा खर्चनु पर्ने अनिवार्यता सहित प्रत्येक वर्षनिश्चित रकमको व्यवस्था गर्नु आवश्यक छ । शिक्षा मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद् जस्ता निकायले विद्यालय र उच्चमाध्यमिक विद्यालयस्तरीय शिक्षण संस्थाका लागि भनी बषर्ेर्ेे लाखौंको पुस्तक किन्ने गरेका छन् । तर ती पुस्तक खरिद गर्दा पहुँच हुनेको एउटै पुस्तक लाखौंको किन्ने गलत अभ्यासका कारण सरकारी स्रोतको सही उपयोग भएको देखिँदैन । यसका लागि बालसाहित्यका क्षेत्रमा लागिरहेका लेखक, अभिभावक र सरकारी प्रतिनिधि सम्मिलित सिफारिस समिति बनाएर त्यसको सिफारिसमा स्तरीय र उपयुक्त बालसाहित्य तथा विविध बालपा ्सामग्री विद्यालय, उच्चमाध्यमिक विद्यालयहरूमा उपलब्ध गराउने व्यवस्था हुनु आवश्यक छ । विद्यालयमा पा ्पुस्तकका साथै बालसाहित्यका राम्रा पुस्तक पढ्न प्रेरित गर्ने बातावरणको निर्माण पनि उत्तिकै आवश्यक देखिन्छ ।
निचोडमा भन्दा आज नेपाली बाल साहित्यको लेखन, प्रकाशन र वितरणको क्षेमा संलग्न व्यक्ति र संस्थाहरूका सामु विभिन्न प्रकारका समस्या र चुनौती रहेका छन् । बालकको उमेर, अनुभव र रूचि अनुसार आकर्ष रूपसज्जामा उनीहृरूको चाहना अनुसारका पा यसामग्रीको लेखन उत्पादन एकातिर गंभीर चुनौती रहेको छ भने अर्कातिर प्रचारप्रसार, व्रि्रीवितरण तथा बजार रणनीतिमा बाहृय दवावलाई मत्थर तुल्याउन त्यही अनुरूपको रणनीति सञ्चालन गर्नु पर्ने अर्को चुनौती आइरहेको छ । यीे सबैका लागि संग नात्मक तथा सहभागितामूलक सहकार्य आवश्यक छ, छरिएको प्रयासले मात्रै यी चुनौतीहरूको सामना गर्न त्यति सहज नहोला ।